Hamro Sanchar

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई बोलाए छलफलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ४ गते


Advertisement

काठमाडौं, जेठ ४- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलमा बोलाएका छन् ।

संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ६ बजे छलफलका लागि बोलाएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

कांग्रेसका उक्त मागमा राप्रपा, जसपा नेपाल, लोसपालगायत दलले पनि समर्थन जनाएका छन् ।


प्रतिकृया दिनुहोस्