Hamro Sanchar

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २ गते


Advertisement

काठमाडौं, जेठ २- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् । एमाले संसदीय दल बैठक सकेर अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न सिंहदरबार पुगेका हुन् ।

सिंहदरबारमा अहिले छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै कांग्रेसले संसद अवरूद्ध गर्दै आएको छ ।

भोलिको संसद बैठकमा सत्तापक्ष कसरी प्रस्तुत हुने भन्नेबारेमा प्रधानमन्त्रीसँग छलफल गर्न ओली सिंहदरबार पुगेका हुन् ।

एमाले संसदीय दलको बैठकमा ओलीले भोलिको संसद बैठक कांग्रेसले चल्न नदिए एमाले पनि प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् ।


प्रतिकृया दिनुहोस्