Hamro Sanchar

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३१ गते


Advertisement

चितवन, बैशाख ३१- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् । आइतबार चितवन आएका प्रधानमन्त्री प्रचण्ड सोमबार काठमाडौँ फर्कनेबित्तिकै ओली र लामिछानेसँग छलफलमा जुटेका हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरुबीच छलफल भएको हो ।

विशेषगरी संसद्को गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल चलिरहेको स्रोतले बतायो। भोलि (मंगलबार) साँझ ६ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम कांग्रेसले अवरोध नगरोस् भनेर दलहरू सहमतिको प्रयासमा छन् ।

कांग्रेसले गृहमन्त्री रवि लामिाछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस्