Hamro Sanchar

भ्रष्टाचार नयाँले वा पुरानाले गरेको भन्ने हुँदैन, कसैले छुट पाउनु हुन्न : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २५ गते


Advertisement

काठमाडौं, चैत २५- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार नयाँले गरेको अथवा पुरानाले गरेको भन्ने नहुने बताएका छन् ।

आइतबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ को प्रशिक्षण कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा बोल्दै महामन्त्री थापाले नयाँ पुरानो जोसुकैले गरेको भएपनि भ्रष्टाचार भ्रष्टाचार हुने र त्यसबाट कसैले पनि छुट नपाउने बताएका छन् ।

‘भ्रष्टाचार काँग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ, नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टचार नै हुन्छ,’उनले भने ।

महामन्त्री थापाले जतिसुकै शक्तिशालीले र जतिसुकै कमजोरले गरेको भएपनि ठगी ठगी नै हुने र त्यसबाट कसैले छुट नपाउने बताए ।

‘सर्वसाधारणले गरेको कुनै काम ठगी हो भने शक्तिशालीले गरेको ठगी पनि ठगी नै हो । यदी सर्वसाधारणले गरेको कुनै काम कीर्ते हुन्छ भने शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुन्छ । एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पतीको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदी सार्वजनिक सम्पतीको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ,’ उनले भने ।


प्रतिकृया दिनुहोस्