
काठमाडौं, चैत २२- नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा तथा पाचौँ महाअधिवेशन अन्तिममा आएर स्थगित भएको छ । शुक्रबार (चैत २३ र २४) गतेदेखि हुने भनिएको महाअधिवेशन स्थगित भएको हो ।
देशभरिकै प्रतिनिधिहरु काठमाडौं आएर महाअधिवेशनको अन्तिम तयारी हुँदै गर्दा स्थगित भएको हो । पदाधिकारी चयनको बिषयमा सहमति हुन नसक्दा महाअधिवेशन स्थगित भएको अध्यक्ष पदका प्रत्यासी अर्जुन रसाइलीले हाम्रोसंचारलाई जानकारी दिए ।
काठमाडौंमा हुने भनिएको उक्त महाधिवेशन सभाको उद्घाटन तथा बन्द सत्र चैत २३ गते शुक्रबार गरिने मिति तय भएको थियो । भने अधिवेशन सत्र चैत २४ गते शनिबारका दिन हुने बताइएको थियो ।













