काठमाडौं, चैत १७- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजस्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताएका छन् ।
शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछाने यस्तो बताएका हुन् ।
गृहमन्त्री लामिछाने सीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजस्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दाबी गरे । उनले आम नागरिकको शान्ति सुरक्षा आफूहरुको चासोको विषय रहेको बताए । उनले इलाममा लागुऔषधमा निकै ठूलो समस्या र चुनौति रहेको बताए । उनले इलाममा डरलाग्दो आत्महत्याको तथ्यांक आएको भन्दै यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता औंल्याए । उनले स्थानीय र राष्ट्रिय चुनौतिहरुसँग जुध्नको लागि सबै प्रतिवद्ध हुन जरुरी रहेको बताए ।
गृहमन्त्री लामिछानेले राजनीतिको भविष्यको प्रवाह नगरी सिंगो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिवद्धताका साथ आफूहरु सरकारमा आएको बताए ।