काठमाडौं, चैत १२- नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । देवकोटाले ३५१ मत प्राप्त गरे । बिसीले १३२ मत पाए ।
उपाध्यक्षमा मोहनबहादुर बडुवाल निर्वाचित भए । सचिवमा डम्बर तिवारी विजयी भए । यस्तै उपसचिव खुलामा टिकाराम सोमै र उपसचिव महिलामा सुशीला विश्वकर्मा निर्वाचित भए । सदस्यहरूको मतगणना जारी छ ।
एमाले सुर्खेतको नवौँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि आइतबार मतदान भएको थियो । निर्वाचनमा कुल ४९५ मध्ये ४८६ जनाले मतदान गरेका थिए । नवौँ अधिवेशन गत बिहीबार शुरु भएको थियो ।