Hamro Sanchar

आवश्यक परे रेलको संख्या थप्छौं : मन्त्री महासेठ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १० गते


Advertisement

काठमाडौं, चैत १०- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रुको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको संख्या बढाउने बताएका छन् ।

शनिबार जनकपुर-जयनगर रेल्वे अनुगमन एवं निरीक्षणका क्रममा मन्त्री महासेठले यस्तो बताएका हुन् ।

मन्त्री महासेठले यात्रीको चाप बढी भएको कुरा आइरहेको भन्दै यात्रुहरुलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने बताए । उनले भारत सरकारको माध्यमबाट निर्माणको जिम्मा लिएका कम्पनीहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै अब छिटो र छरितो रुपमा सेवा अघि बढाउने प्रतिवद्धता जनाए । उनले रेलसेवासँग सम्बन्धित आन्तरिक कमी कमजोरीहरुको सम्बोधन गर्ने बताए । उनले चालु आर्थिक मसान्तभित्र खानेपानी र शौचालयहरुको व्यवस्थाको प्रवन्ध गर्ने बताए ।

मन्त्री महासेठले शनिबार जनकपुरदेखि जयनगरसम्म रेलमा यात्रा गरेरै अनुगमन एवं निरीक्षण गरेका थिए ।


प्रतिकृया दिनुहोस्