Skip

Hamro Sanchar

सर्वोच्च अदालत परिसरबाट दुर्गाका दुई बडीगार्ड हतियारसहित पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, ५ गते


काठमाडौं, चैत ५- राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईँका निजी सुरक्षा पक्राउ परेका छन् । प्रसाईँका बडीगार्ड दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालत नजिकैबाट हतियारसहित पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट हतियार र १०० राउण्ड गोली बरामद जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्नेक्रममा बन्दुक भेटिएको हो ।

प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्