Skip

Hamro Sanchar

कपिलवस्तु बस दुर्घटना : मृतकमध्ये ६ जनाको सनाखत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, ३ गते


कपिलवस्तु, फागुन ३- कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जना मध्ये ६ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाअनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजंग गण गोरुसिंगेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

त्यस्तै भीमदत्त नगरपालिका- १ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका- १६ कञ्चनपुर वर्षीय सन्जु थापाको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ४० जना घाइते भएका छन् ।

राति १ बजे कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेकाे सुनौलो महाकाली यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको हो ।


प्रतिकृया दिनुहोस्