Skip

Hamro Sanchar

बनेपा नगरपालिका ९ का वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, ४ गते


काठमाडौं, माघ ४- १५ लाख घुस रकमहित बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन् ।

वादेका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन् ।

दुबै जनामाथि अनुसन्धान भइरहेको पनि अख्तियारले जानकारी दिएको छ ।

वादे नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।


प्रतिकृया दिनुहोस्