Hamro Sanchar

एकीकृत समाजवादीबाट नेता रिजाल र मल्लले गराए राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २३ गते


Advertisement

दोलखा, पुस २३- नेकपा एकीकृत समाजवादीबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका दोलखाका नेता घनश्याम रिजालले उम्मेदवारी दर्ता गराएका छन् ।

एकीकृत समाजवादीको सचिवालय बैठकले बागमतीबाट घनश्याम रिजाल र कर्णालीबाट सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । समाजवादीले दोलखाका नेता रिजाललाई दलिततर्फबाट र दैलेखकी मल्ललाई महिलातर्फबाट उम्मेदवार बनाएको हो ।

नेता रिजाल यसअघि नेकपा एस दोलखाको जिल्ला उपाध्यक्ष थिए । उनी नेकपा एस निकट दलित मुक्ती संगठनका केन्द्रिय महासचिव पनि हुन् ।

गठबन्धनमा सहभागी दलले गरेको सीट बाँडफाँडमा एकीकृत समाजवादीको भागमा दुई सीट परेको थियो । त्यस्तै, नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६ र जनता समाजवादी पार्टी (जसपा)ले एक सीट पाएका छन् ।

राष्ट्रिय सभामा रिक्त १९ सीटका लागि आउँदो माघ ११ गते निर्वाचन हुँदै छ । त्यसका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ ।


प्रतिकृया दिनुहोस्