Hamro Sanchar

मेलुङ गाउँपालिकामा प्रश्नपत्र निर्माण सम्बन्धी २ दिने कार्यशाला सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, ११ गते


Advertisement

दोलखा, पुस ११- दोलखाको मेलुङ गाउँपालिकामा प्रश्नपत्र निर्माण सम्बन्धी २ दिने कार्यशाला सम्पन्न भएको छ । गाउँपालिका शिक्षा शाखाको आयोजनामा पालिकास्तरीय परिक्षा समिती, बिषयगत समिती तथा बिषयगत शिक्षकहरुको लागि प्रश्नपत्र निर्माण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी त्रिभुवन मावि मेलुङमा मंगलबार (पुस ९ र १० गते) सम्पन्न भएको हो ।

कार्यक्रममा परिक्षा समिति गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयका विषयगत समितिका सदस्य तथा विद्यालयका विषयगत शिक्षकहरुसहित ५५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई राष्ट्रिय परीक्षा बोर्डका सदस्य शुसिल खनाल, गणितमा सन्तोष श्रेष्ठ, अंग्रेजीमा शारदा श्रेष्ठ, विज्ञानमा सुन्दर खडका, सामाजिकमा शेर बहादुर थापा र नेपालीमा हरी केसीले सहजिकरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले प्रश्न पत्रले गर्ने मूल्याङ्कनले वालवालिकाको भविष्य र उसको सिकाइलाइ निर्धारण गर्ने हुँदा प्रश्नपत्र सँग बालवालिकाको मात्र नभइ समाजको र राष्ट्रको भविष्य जोडिएको बताए । पश्नपत्र निर्माण गर्ने विषय जटिल रहेकोले प्रश्नपत्रलाइ स्तरीय र ग्रेडअनुसार बिशिष्टीकृत र ब्यवहारिक हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यले मेलुङमा युवा शिक्षकहरु भएका र नयाँ शिक्षकको जोस र ज्ञानले मेलुङको शिक्षालाइ प्रभावकारी बनाउन सकिने बताइन् ।

यस्तै पूर्व जिवस उपसभापति तथा एकीकृत समाजवादीका नेता शिव प्रसाद भण्डारीले देश विकासको मोडल र राष्ट्रलाई कस्तो बनाउने भन्ने शिक्षाले निर्धारण गर्ने बताउदै युवा जनशक्ती विदेश पलायनले समस्या निम्तने भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर-१ का अध्यक्ष इश्वर कोइराला, त्रिभुवन माविका प्रधानाध्यापक सन्तोष श्रेष्ठले आ-आफ्नो धारणा राखेका थिए ।


प्रतिकृया दिनुहोस्