काठमाडौं, पुस ५– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातबाट मुक्त गर्दै आउँदाे चुनावमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गरेका छन् ।
बिहीवार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा अहिले अन्तर्घात गर्ने रोग लागेको बताए । उनले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रूपमा स्थापित गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।
उनले भने, ‘कांग्रेसमा अन्तरघात गर्ने राेग लागेकाे छ । आउँदा दिनमा पार्टीलाई अन्तर्घातबाट मुक्त गर्दै भरसक बहुमत प्राप्त गर्ने पार्टीका रूपमा स्थापित गर्न आग्रह गर्दछु ।’
सभापति देउवाले आउँदा दिनमा कांग्रेसले एकल सरकार बनाउन सक्नुपर्ने बताए ।