
काठमाडौं, असोज २९- गैर आवासीय नेपाली संघ(एनआरएन) को मध्यपुर्व क्षेत्रीय उप संयोजक पदका लागि कुवेतका माधब पौडेलले उम्मेदवारी दिएका छन् ।
कुवेतमा बस्दै आएका पौडेलले सुरज मास्के, मोहन राइको प्रस्ताव र मनिष केसी, सम्झना तामाङको समर्थनमा उम्मेदवारी दिएका हुन् ।
सन् २०११ देखि आफु एनआरएनए अभियानमा सक्रिय रहेका उनि कुवेतमा सदस्य देखि बिभिन्न पदहरुमा कार्य सम्पादन गर्दै २०२१/२०२३ मा आईसिसि सदस्य रहेर काम गर्दै आएको उनको भनाइ छ ।
मध्यपुर्वमा रहेका नेपाली दाजुभाई दिदिवहिनीहरुको दुःख सुखमा निरन्तर साथ दिदै आइरहेको र २००९ देखि आजसम्म प्रत्यक्ष न्युन ज्यालादारीमा काम गर्ने दक्ष, अदक्ष तथा श्रमजीवी वर्गहरुसंग कार्य गर्दै आएको उनले बताए ।
आफुलाई श्रमिकहरुको समस्याहरु कस्ता हुन्छन् र समाधानका उपायहरु के के हुन सक्छन् भन्ने बिषयको पुर्ण जानकारी रहेको उनको भनाइ छ ।
पौडेलले केहि समय अघि प्रतिबद्धताहरु सार्वजनिक गरिसकेका छन् ।
यस्ता छन् उनका प्रतिबद्धताहरु :-
१) मघ्यपुर्वको राष्ट्रहरुमा दोहोरो श्रम सम्झौता नहुनाले अन्तर्राष्ट्रिय श्रम बजारको मुल्य प्राप्त गर्न बाट श्रमिकहरु बन्चित छन् मेरो प्रमुख कार्य भनेको सरोकारवाला हरुको ढोका ढकढक्याउने र दोहोरो श्रम सम्झौता गराउन पहल गर्ने हुनेछ ।
२) सरकारले स्थापना गरेको सामाजिक सुरक्षा कोषमा धेरै भन्दा धेरै श्रमिकहरुलाई आवद्ध गराउन जनचेतना अभियान चलाउने छु ।
३) नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न संभावना भएका राष्ट्रहरुमा नेपाललाई परिचित गराउने खालका कार्यक्रमहरुको आयोजना गर्न राष्ट्रिय समन्वय परिषदहरु संग समन्वय गर्ने छु ।
४) श्रमिकहरुलाई सामुहिक लगानी गर्न र आय श्रोत वृद्धि गराउन अभिप्रेरित गर्ने छु ।
५) हाल सरकारले बन्द गरेको घरेलु महिला कामदारहरु र घरेलु चालकहरु पुर्ण रुपमा बन्द भए झै देखिए पनि सारमा कुनै असर नदेखिएको र अबैध तरिकाले आएकाले धेरै दुःख पाएको हुनाले, कि दुई देश बिचको सहमतिमा भिसा निस्कासनमा नै रोक लगाउन पहल गर्ने कि त पुन श्रम स्विकृत गरेर नयाँ शिराबाट फेरि सम्बन्धित देशहरुमा घरेलु कामदारहरु रोजगारीको लागि पठाउन पहल गर्ने छु ।
६)मध्यपुर्वमा हुने खेलकुद संचालन गर्न रेफ्रि र लाईन्समेनहरुलाई दक्ष बनाउनको लागि एन्फा तथा भलिबल संघ संग समन्वय गरेर प्रशिक्षकहरु बोलाएर प्रशिक्षणको ब्यस्थापनको लागि पहल गर्ने छु ।


















