Hamro Sanchar

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ: अर्थमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १५ गते


Advertisement

काठमाडौं, असोज १५- अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताएका छन् ।

सोमबार ललितिपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौती र जरुरी रहेको बताए ।

उनले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजकमेण्टका केही समस्याहरु रहेको बताए । उनले विस्तारै शेयर बजार बढ्दै जाने दाबी गरे । उनले शेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै समाधानका उपाय खोज्ने बताए । उनले साना वचत कर्ताहरुको लगानी सुरक्षित गरेर जानुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘यद्यपी अहिले शेयर मार्केट तल झरेको छ । त्यसको अलिकति विविध कारण छन् । रेगुलेशनका केही माइक्रो म्यानेजकमेण्टका कुराहरुले पनि समस्याहरु आएको छ । यसको बिस्तारै समाधान हुँदै जान्छ र समाधान हुनुपर्छ । त्यसमा केही निर्णयहरु चाँडै आउलान् भन्ने पनि मैले विश्वास लिएको छु । तथापि जे भए पनि यो शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ। त्यसको बेनिफिट आम लगानी कर्ता जो सानासाना वचत कर्ताहरु छन्, र यो मार्फतबाट केही हुन्छ कि ? भनेर लगानी गर्न अग्रसर हुन्छन् । उहाँहरुको लगानी सुरक्षित गर्न जरुरी छ ।

मन्त्री महतले लगानी सुरक्षित गर्ने कुरामा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरु आउने र सूचना लिक हुने प्रवृत्तिहरु देखिएको भन्दै यसलाई निर्णायक हिसावले दायरामा ल्याउनुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्