काठमाडौं, भदौ २७- विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ ।
लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० आज प्रतिनिधि सभामा दर्ता भएको हो ।
प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक हिजो नै संसदमा आइपुगेको थियो । तर, सबै प्रकृया नपुगेका कारण दर्ता भन हुन सकेको थिएन । उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसदमा पेस गर्न स्वीकृति दिएको थियो ।
शिक्षमन्त्री अशोककुमार राईले संसदमा दर्ता गराएको उक्त विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन् । विधेयकमा माध्यमिक शिक्षा परीक्षा ९एसईई० नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नेछ ।
अव नयाँ खुल्ने विद्यालय अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने प्रावधानरहेको छ । तर अहिले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका निजी विद्यालयको हकमा भने गुठीमा जान वा अहिलेकै अवस्थामा सञ्चालन गर्न सकिने प्रावधानमा राखिएको छ ।
यसअघि साउन १६ गते पेस गरिएको विधेयकमा भने निजी विद्यालय अनिवार्य गुठीमा जानु पर्ने प्रावधान राखिएको थियो । तर निजी विद्यालय सञ्चालकहरूको तीव्र आलोचना, विरोध र दबाब पछि संसोधन गरेर विधेयक दर्ता गरिएको हो ।