Skip

Hamro Sanchar

लागुऔषसहित एक जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २७ गते


काठमाडौं, भदौ २७–  झापामा लागुऔषसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बाह्रदशी गाउँपालिका ४ बाट मंगलबार राति २६ वर्षीय सलमान आलम पक्राउ परेका हुन् ।

उनलाई लागुऔषध ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्