काठमाडौं, भदौ २४-साताको पहिलो दिन आज सेयर बजारको परिसूचक नेप्से १०.२३ अंक बढेको छ ।
सो अंकको वृद्धिपछि नेप्से १९४२ अंकमा कायम भएको छ । दिनभर कुल १ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भयो । बैंकिङ ८, विकास बैंक २२, फाइनान्स १६, होटल तथा पर्यटन ६७, जीवन बीमा ३७, उत्पादन ८, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ८९, अन्य ६ र ब्यापार उपसमूह ४८ अंक बढे ।
१५२ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने ९ को स्थिर रहृयो । सूर्योदय वमी लघुवित्त, शुभम् पावर, न्यादी हाइड्रो पावर र मेन्छियाम हाइड्रोपावरको मूल्य करिब १० प्रतिशत बढ्यो । हिमाल दोलखा हाइड्रोपावरको मूल्य ७.८ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर, माछापुच्छ्रे बैंक, शिवम् सिमेन्ट, आईएमई लाइफ इन्स्योरेन्स र सोल्टी होटल क्रमशः अगाडि रहे ।