आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शाहरुख खानको ‘जवान’ले नेपालमा मात्रै एक दीनमा कमायो एक करोड बढी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २२ गते


Advertisement

काठमाडौं, भदौ २२- शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ले बिहीबार नेपाली बक्स अफिसमा एक करोड नेट ९एक करोड ५७ लाख रुपैयाँ ग्रस० ओपनिङ गरेको छ । बिदा नभएको दिनमा पनि पहिलो दिनको व्यापारको यो अंक सुखद हो ।

स्रोतका अनुसार जवानले उक्त कमाइ गरेको हो । फिल्मले शुक्रबार र शनिबार पहिलो दिनको भन्दा कमाइमा वृद्धि गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको फिल्मले पहिलो साता नेपाली बक्स अफिसलाई अकुपाइड गर्न सक्ने अनुमान छ । शाहरुखसहित विजय सेतुपाती, नयनतारा, दीपिका पादुकोण स्टारर फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गरेको हो ।


प्रतिकृया दिनुहोस्