
काठमाडौं, भदौ १७- काठमाडौंको पेप्सिकोलामा सवारी दुर्घटना भएको छ । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस स्कुटर र जिपमाथि पल्टँदा दुर्घटना भएको हो । गुडिरहेको बस पल्टिँदा कम्तीमा १० जना घाइते भएका छन् ।
घाइते भएकामध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर पुर्याइएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ ।
सामान्य घाइते भएकालाई भने पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।


















