काठमाडौं, भदौ ५-साताको तेस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ ।
कारोबार समयको सुरुवातिदेखि उकालो लाग्दै उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १७.६९ अंकले बढ्दै २०१५.९८ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कुल २ सय ७७ कम्पनीका ६० लाख ३१ हजार कित्ता सेयर ३४ हजार ५ सय ८ पटक किनबेच हुँदा कारोबार रकम १ अर्ब ३३ करोड २५ लाख रुपैयाँ पुगेको छ । सोमबार १ अर्ब ४० करोड माथिको सेयर कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरुमध्ये १ सय ८१ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
आज कुमारी बैंकको प्रमोटर सेयर सबैभन्दा बढी २८ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समुहको परिसुचक उकालो लागेको छ ।