आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

छात्रालाई यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई ९ महिना कैद सजाय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १ गते


Advertisement

ओखलढुङगा, भदौ १-बाल यौन दुर्व्यवहार मुद्दामा ओखलढुङ्गामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजाय भएको छ ।

मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो ।

दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुर्व्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित ५० हजार क्षतिपूर्ति र २० हजार रुपैयाँ जरिबाना असुलउपर गर्नुपर्ने निर्णय गरेको स्रेस्तेदार विनोदकुमार घिमिरेले बताए ।

गएको चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुर्व्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो ।

साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध अदालतले गएको साउन २९ गते यो सजाय सुनाएको थियो ।


प्रतिकृया दिनुहोस्