Skip

Hamro Sanchar

राप्रपालाई फकाउँदै सत्ता गठबन्धन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १४ गते


काठमाण्डौँ, साउन १३- सत्ता गठबन्धनका नेताहरुले कोशी प्रदेशमा सरकार गठनका लागि राप्रपाको साथ खोजेका छन् । तर अहिलेसम्म राप्रपाले वचन दिएको छैन ।

सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङलेले चार दिन (१६ गते अपराह्न ५ बजेसम्म) को समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

तर अहिलेसम्म सत्ता गठबन्धन र एमाले दुबै पक्षसँग बहुमत छैन । सत्ता गठबन्धनको सबभन्दा ठूलो दल कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन् ।

माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमलाई राजीनामा गराउनुपर्ने मत पनि गठबन्धनमा छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार मात्र सभामुख गौतमले राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।

तर गौतम तयार देखिएका छैनन् । साथै राप्रपालाई सरकारमै ल्याउने गरी पनि छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले बताए ।


प्रतिकृया दिनुहोस्