आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चलचित्र ‘एैंचो पैंचो’को पहिलो गीत सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ११ गते


Advertisement

काठमाडौं, साउन ११ चलचित्र ‘एैंचो पैंचो’को पहिलो गीत सार्वजनिक भएको छ ।

आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘एैंचो पैंचो’को ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरिएको हो । आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ । ‘एैंचो पैंचो’ यही भदौ १४ गतेबाट देशभर एकसाथ लाग्ने भएको छ।केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको केही समय अघि टिजर सार्वजनिक गरिएको थियो ।

चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिश क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्दि तामाङ, विशाल पहारी, रमेश वुढाथोकी, रविन्द्र झा, सुमन मोटे, आदि लगायतका कलाकारको अभिनय छ । कृषा चौलागाइको निर्देशनमा तयार पारिएको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछानेको लगानी रहेको छ भने विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन, अभिमन्यू निरवीको कथा र कविराज गहतराजको कोरियोग्राफी छ ।


प्रतिकृया दिनुहोस्