राजविराज, असार ३०- सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक आज निकालिएको हो ।
क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो । ट्रक निकाल्ने क्रममा केही बेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो ।