काठमाडौं, जेठ २३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ मा भवन मापदण्ड विपरित बनेका अस्थाई संरचना ‘टहरा’ भत्काइएको छ । वडाध्यक्ष भीमसेन थापाको नेतृत्वमा भवन मापदण्ड विपरित बनेका अस्थाई संरचना भत्काईएको हो ।
मापदण्ड अनुरूप निर्माण गर्न जग्गा धनि तथा संरचना वनाउने सम्वन्धित व्यक्तिलाई सम्झाई बुझाई उनिहरूकै सहमतिमा अस्थाई संरचना भत्काइएको हो ।
वडाको अनुरोधलाई स्वीकार गर्दै घरधनिहरुले अनभिज्ञतामा भएका त्रुटिहरूलाई सच्याउने हार्दिकता देखाएकोमा खुसि ब्यक्त गर्दै वडाध्यक्ष थापाले निष्ठा र ईमान्दारिताका साथ काम गर्ने हौशला र उत्साह थपिएको बताए ।
भवन मापदण्ड बमोजिम २०७५ असोज १ गते देखि २०७८ भदौ मसान्तसम्म कागेश्वरी मनोहरा नगरपालिकामा भवन मापदण्ड विपरित निर्माण भएका घरहरुको नक्सा संशोधन र Structure Analysis र टहराहरूको नक्सा स्वीकृति सहित घर तथा टहरा धनीलाई संरचना भत्काउने लिखित प्रतिबद्धता कबुलियत वडाबाट प्रमाणीकरण गरी भवन तथा टहराको कैफियत निमार्ण सम्पन्न प्रमाण पत्र दिइने पनि उनले जानकारी गराएका छन् । सो नियम आ.व ०७९/०८० असारसम्म मात्र लागु भएको व्यहोरा समेत जानकारी गराएका छन् ।
वडाध्यक्ष थापाकाअनुसार आवासिय तथा व्यवसायिक टहरा स्वीकृती वडा कार्यालयको सिफारीसमा नगरपालिकाबाट गरिने छ र भुई तल्लाको १५०० वर्ग फिटसम्म निर्माण गरिने अस्थायी टहरालाई बाटो तर्फ मात्र व्यवसायीक भवनले छोड्नु पर्ने सेट ब्याक छोड्न लगाई वडा कार्यालयबाट सिफारिस दिन सकिनेछ । यस बाहेक बनिसकेको टहराहरु नगरपालिकाको बाटोको R.O.W मा पर्नेहरुको हकमा नगरपालिकाबाट उक्त टहरोलाई कुनै पनि स्वीकृत नदिने र संरचना हटाउन अभिप्रेरित गरिनेछ । अन्यको हकमा (R.O.W बाहेक) वडा कार्यालय सर्जमिन, सिफारिस र सम्बन्धित टहराको वहाल करसहित नगरपालिकाको नक्शा शाखाबाट टहराको वर्गीकरणको आधारमा नियमानुसार राजस्व लिई कैफियत टहरा सम्पन्न प्रमाण पत्र दिइने छ ।