Hamro Sanchar

टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ४ गते


नुवाकोट, जेठ ४- नुवाकोटको बेलकोटगढी नगरपालिका ७ ठूलोखोला पुल नजिकै टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा लिखु गाउँपालिका १ का ५० वर्षीय नेत्रमान कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस्तै दुर्घटनामा एक घाइते छन् । मोटरसाइकलमा सवार नेत्रमानको मृत्यु भएको हो भने उनका २० वर्षीय छोरा निरज विक घाइते भएका छन् ।

घाइते भएका नेत्रमानलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा लगेपछि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रसुवाबाट काठमाडौतर्फ जाँदै गरेको बा ३–००१ ख २५८४ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ०२–२९ प ५७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

निरजको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारमा गराइएको छ ।

टिपर चालक धादिङ धुनिबेसीका सन्दीप कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस्