काठमाडौं, जेठ ३- सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य घटाएपछि स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो ।
डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो ।
डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ । तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ ।
इन्धनको मूल्यमा पाँच प्रतिशत घटीबढी हुनासाथ भाडा समायोजन गरिन्छ ।
यस्तै अन्तर प्रदेशको भाडा संघीय सरकारले र अन्तरपालिकाको भाडादर भने प्रदेश सरकारले तय गर्छ ।
हेर्नुहोस् घटेको भाडा- BL.final.2080.02.03अन्तर प्रदेश भाडादर