काठमाडौं, बैशाख १६- सुचना तथा संचार मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको घरमा टिनको छानो लगाईदिने भएकी छिन् ।
दाङ जिल्ला क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको संयोजकत्वमा सुरक्षित नागरिक आवास कार्यान्वयन प्रथम कार्यबिधी २०७६ को दफा १५ बमोजिम यो कार्यको थालनी भएको उनका स्वकीय सचिव जंग रोकाले हाम्रोसंचारलाई जानाकारी दिए ।
दाङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र न:२ भित्रका सबै नागरिकहरुको घरमा टिनको छानो लगाईदिने योजना शर्माको छ । सुरक्षित नागरिक आवास समन्वय समितीको आज बसेको बैठकले दाङ क्षेत्र नं. २ भित्र सबै घर खरको छानो मुक्त गरि टिनको छानो लगाउने गर्ने निर्णय भएको उनले जानकारी दिए ।
अहिलेसम्म सबैभन्दा बढी खरको छानो भएको वडा घोराही १९ मा ६७७ घरमा टिन लगाउने कार्यक्रम अगाडि बढेको छ ।