Skip

Hamro Sanchar

सिके राउतको आरोप : बारामा जसपाले बुथ क्याप्चर गर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १० गते


बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका छन् । बारा क्षेत्र नम्बर २ मा उपचुनाव भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उनले ४-५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाए ।

‘बेलडारी, झिटकैयासहित अरु १-२ वटा बुथहरु अहिले पनि कब्जा भएको स्थिति छ,’ राउतले भने, ‘हामीले प्रशासनलाई आग्रह गरेका छौं ।’ उनले पचरौताको बेलडारी बुथमा आफ्ना प्रतिनिधिलाई छिर्न नै नदिएको आरोप लगाए ।


प्रतिकृया दिनुहोस्