Skip

Hamro Sanchar

उपचुनावमा कांग्रेसी दम हेर्न आतुर छु : गोकुल बास्कोटा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १२ गते


काठमाडौं । एमाले नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन् । उनले उपचुनावमा चितवनमा एक्लै उम्मेदवार खडा गर्न कांग्रेस सभापति पत्नी आरजु देउवामार्फत चुनौती दिएका छन् ।

उनले आरजुले कांग्रेसलाई निकै बलियो ठानेपनि वास्तविकता त्यस्तो नरहेको जिकिर गरेका छन् । ‘आरजु भाउजुले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ र साउनमा लगाएको चश्माले मंसिरलाई पनि हरियै देखेछ’, उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजू ,तत्कालै हुन लागेको उपचुनावमा विना वैशाकी चारतारे उम्मेदवार उठाएर देखाउनुस् त १’

काभ्रेमा शनिबार आयोजित कार्यक्रममा आरजुले अरू जिल्लामा घण्टी कांग्रेस धेरै सुनेको भए पनि काभ्रेपलाञ्चोक जिल्लामा सूर्यमुखी कांग्रेस धेरै भएको टिप्पणी गरेकी थिइन् । काभ्रे गोकुल बाँस्कोटाको गृह जिल्ला हो ।


प्रतिकृया दिनुहोस्