Hamro Sanchar

प्रधानमन्त्री प्रचण्ड भन्छन् : सार्वजनिक बिदापछि ‘जनयुद्ध दिवस’ले वैधानिकता पायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ गते मनाइने जनयुद्ध दिवसले वैधानिकता पाएको बताएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढिलै भए पनि जनयुद्ध दिवस वैधानिक तवरबाट स्थापित भएको बताए। प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरे

‘वैधानिक तवरबाट स्थतापित गरिनुपर्थ्यो। ढिलै भए पनि हिजो नेपाल सरकारबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो र एक दिन बिदा दिने निर्णय गरियो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो निर्णय आफैंमा ऐतिहासिक हो। परिवर्तनन ल्याउने प्रमुख आन्दोलन र औचित्य सिद्ध गर्नुका निम्ति ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको मन्त्रिपरिषदबाट यो निर्णय गरेको हुँ। अब यो माओवादीको मात्र भएन, नेपाल राष्ट्रकै सम्पती बन्न पुग्यो।’

जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको उनले बताए। जनयुद्ध नेकपा ९माओवादी० ले नेतृत्व गरेको भए पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस भएको उनले दाबी गरे।

साथै, उनले पुनः माओवादी आन्दोलनलाई एकीकृत गर्नेगरी आफू लागेको बताए। ‘यो हामी सबैको लागि खुसीको कुरा पनि हो। आन्दोलनलाई एकीकृत गर्नेगरि अघि बढिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।


प्रतिकृया दिनुहोस्