Hamro Sanchar

प्रधानमन्त्री प्रचण्डलाई २ जना सांसदले दिएनन विश्वासको मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २६ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २ जना सांसदले विश्वासको मत दिएनन् । विश्वासको मत नदिनेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गर्दा उनीहरु २ जनाले मत नदिएका हुन् । आजको बैठकमा २७० जना उपस्थित थिए। भने आजको बैठकमा सांसदहरु किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत भने अनुपस्थित थिए ।

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन्।

प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् । मंगलबार भएको मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए


प्रतिकृया दिनुहोस्