Hamro Sanchar

वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २६ गते


Advertisement

कास्की । वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले आफूमाथि पटक-पटक अमर्यादित व्यवहार गरेको भन्दै गएको आइतवार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएको थियो । उजुरीपछि आज मङ्गलवार जिल्ला प्रहरी कार्यालयले अधिकारीलाई पक्राउ गरेको हो ।

गएको पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाको भेलामा अध्यक्ष र अन्य सदस्यबीच छलफलका क्रममा अधिकारीले अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्