Hamro Sanchar

दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता

प्रकाशित : २०७९ पुष, २३ गते


दार्चुला, पुस २३- दार्चुलाको व्याँस गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् ।

नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता हुन् ।

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका दिपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । व्याँस क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटना ढिलो गरी जानकारीमा आएको हो ।

उनी ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।


प्रतिकृया दिनुहोस्