काठमाडौं । नेकपा एकीकृत समावजवादी पार्टी सरकारमा नजाने भएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको पोलिटब्यूरो बैठकले तत्काल सरकारमा नजाने निष्कर्ष निकालेको हो । साथै विश्वासको मत २५ गते सत्ता गठबन्धनले ल्याउने नीति तथा कार्यक्रममा निर्भर रहेने पनि बताइएको छ ।
नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले २६ गते विश्वासको मत लिदैछन् । तर, प्रचण्डसँग लामो समयसम्म सहकार्य गरेको भएकाले कतिपय नेताहरुले विश्वासको मत दिनुपर्ने सुझाव दिएका छन् ।
स्थायी कमिटीदेखि अहिले पनि अधिकांश नेताहरुको सुझावमा नीति तथा कार्यक्रमको आधारमा समर्थन वा विरोध गर्ने भनिएको छ । अहिलेको बैठक सरकारमा आउने प्रस्ताव आएमा के गर्ने भन्नेर धारण बनाउनका लागि बोलाइएको पार्टीका १ जना नेताले बताएका छन् ।