Hamro Sanchar

श्रीमतीलाई गाली गरेको भन्दै कुटपिट गरि हत्या, श्रीमान-श्रीमती पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ९ गते


सिन्धुपाल्चोक, पुस ९- सिन्धुपाल्चोकका एक युवकको कुटपिटबाट मृत्यु भएको छ ।

जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर २ डाँडाटोलका २९ वर्षिय मिन बहादुर तामाङको कुटपिटबाट मृत्यु भएको हो । तामाङले मादक पदार्थ सेवन गरी स्थानिय पासाङ लामा शेर्पालाई अश्लिल शब्द प्रयोग गरी गाली गरेको विषयलाई लिएर लामा र उनका श्रीमान राजु लामा तामाङले कुटपिट गर्दा तामाङ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले तामाङ दम्पतीलाई पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्