काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आधिकारीक फ्रेन्चाइज प्रतियोगिता नेपाल टी-२० लिग पुन स्थगित भएको छ । शुक्रबार भोलिबाट सुरु हुने लिग अन्तिम समयमा आएर स्थगित भएको हो । विदेशी खेलाडीको श्रम स्वीकृति प्रकृयामा ढिलाई भएका कारण प्रतियोगिता स्थगित भएको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए ।
‘विदेशी खेलाडीको श्रम स्वीकृतिको समस्याका कारण प्रतियोगिता सर्न लागेको हो । विदेशी खेलाडीको लिस्ट पनि ढिलो आयो । प्रकिृयामा जाँदा समय लागेको हो । अब नयाँ मिति केहि दिनमा तय गर्नेछौं,’ उनले भने । ६ फ्रेन्चाइज टिमको सहभागितामा हुन लागेको प्रतियोगिता सरेको यो तेस्रोपल्ट हो ।