काठमाडौँ, मंसिर २४- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह प्रहरी लगाएर गरिब लखेट्ने काम जारी राखे विस्फोट हुने चेतावनी दिएका छन् ।
सार्वजनिक क्षेत्र खाली गर्ने नाममा बल प्रयोग गरी बिना विकल्प गरिब तथा फुटपाथ व्यवसायीलाई लखेट्ने क्रम जारी राखे एकदिन विस्फोट हुने चेतावनी दिएका हुन् ।
काठमाडौँ महानगरमा नगर प्रहरीहरूले फुटपाथ व्यवसायीलाई लखेटिरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले फुटपाथ व्यवसायीको व्यवस्थापन र पुनः स्थापना यसको समाधान भएको सुझाव दिएका छन् । लाठी र बन्दुकको बलमा उनीहरूलाई लखेट्ने काम नरोकिए विस्फोट हुने चेतावनी उनले दिएका छन् ।
त्यस्तै मेयर शाहले काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रको खोजी गर्दै अतिक्रमण भए हटाउने अभियान सञ्चालन गरिरहेको छन् । यस क्रममा सबैभन्दा मारमा फुटपाथ व्यवसायी परेका हुन् ।
यस्तो छ डा.बाबुरामको स्टाटस