Hamro Sanchar

मन्त्री बन्नका लागि एकीकृत समाजवादीमा आएको होइन : दीपक मनाङे

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २० गते


Advertisement

काठमाडौं । मनाङबाट प्रदेशसभा सदस्यमा विजयी भएका राजीव गुरुङ उर्फ दीपक मनाङेले आफू आफै मन्त्री बन्न सक्ने बताएका छन् । मन्त्री बन्नका लागि एकीकृत समाजवादी पार्टीमा नआएको स्पष्ट पार्दै उनले भने म आफैँ मन्त्री बन्न सक्छु ।

आज मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने मन्त्री भनेको ठूलो कुरा होइन,यही पार्टीमा आएर मन्त्री बन्नुपर्छ भन्ने पनि छैन, म यतिकै मन्त्री बन्नसक्छु, । उनले आफूलाई मन्त्रीको ठूल्ठूला अफरहरु आएकोसमेत बताएका छन् ।

स्वतन्त्र विजयी भएका गुरुङले जिल्लाका साथीहरूसँग सल्लाह गरेरै पार्टीमा आएको बताए । उनले गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने दाबीसमेत गरेका छन् । मन्त्री कसैले दिएर पाउने चिज नभए मनाङेको भनाई छ । उनले मुख्यमन्त्री दिए पनि नचाहिने बताएका छन् ।


प्रतिकृया दिनुहोस्