प्युठान । विवाहको भोज खाएका प्युठान नगरपालिका ६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन् । मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका-१ चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेको भोजमा सहभागी एउटै गाउँका ४५ स्थानीय बिरामी भएको वडा अध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए ।
उनीहरुमा ज्वरो, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि सबैलाई सोमबार साँझ उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । बिरामीहरुको अवस्था भने सामान्य रहेको वडा अध्यक्ष पुन मगरले जानकारी दिए ।