Hamro Sanchar

शशांकलाई देउवाको आग्रह : संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला,’

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २० गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुरले पार्टीको संसदीय दलमा आफूलाई सघाउन शशांक कोइरालालाई आग्रह गरेका छन् । आज बिहान कोरालासँगको भेटमा देउवाले भने तपाईं के गर्नुहुन्छ संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला,’ ।

कोइरालाले त्यसबारे सल्लाह गरौँला भनेर जवाफ दिएका छन् । यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको बताएका थिए ।

चुनाव जितेर काठमाडौं फर्किएका कोइराला मंगलबार देउवालाइ भेट्न बालुवाटार पुगेका थिए । भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो ।

 


प्रतिकृया दिनुहोस्