बागलुङ । बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । आज बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी भएका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याएका छन् ।