काठमाडोैं । काठमाडौंमा लौरो चुनावचिन्हबाट पहिलो उम्मेदवार विजयी भएका छन् । काठमाडौं ८ को प्रदेशसभा ‘क’ बाट शैलेन्द्रमान बज्राचार्यले जित निकालेका हुन् ।
प्राप्त परिणाम अनुसार हाम्रो नेपाली पार्टीका बज्राचार्यले ५ हजार ४ सय ६२ मत पाएका छन् । एमालेका उम्मेदवार ३ हजार ७ सय ११ मतमा रोकिए । कांग्रेसका उम्मेदवारले ३ हजार ६ सय ७० मत ल्याएका छन् ।
यो क्षेत्रमा लौरोका सुमन सायमी र घण्टीका विराजभक्त श्रेष्ठबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो मतगणनामा सायमी पछि परेका छन् ।