काठमाडौं । काठमाडौं उपत्यका सहित देशभर चिसो बढ्दै गएको छ। हिजो (शनिबार) काठमाडौंको न्युनतम तापक्रम यस वर्षकै कम मापन भएको थियो। आज हिजोभन्दा १ डिग्री सेल्सियसले घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिएकी छन् ।
नका अनुसार हिजो ९ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ५ डिग्रीमा झरेको छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हुस्सु लागेको छ । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ । तापक्रम क्रमिकरुपमा घट्दै गएकाले चिसो बढ्दै गएको विभागले जनाएको छ । आज प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ ।
प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना समेत रहेको विभागको भनाइ छ। त्यसैले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ।