Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा-६ का मदिरा पसल ८ बजेपछि खोल्न नपाइने, वडा कार्यालयले दियो यस्तो चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, १४ गते


काठमाडौं, असोज १४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ ले साँझ ८ बजेपछि मदिरा तथा मदिरा जन्य पदार्थ बिक्रि वितरणमा पूर्ण रुपमा रोक लगाएको छ ।

कार्यालयले शुक्रबार (आज) एक सूचना जारी गर्दै वडाभित्र संचालित होटल, पसल तथा रेष्टुरेन्टहरुमा बिक्रि वितरण गरिंदै आएको मदिरा तथा मदिरा जन्य पदार्थ पूर्ण रुपमा बन्द गराउन भनेको हो ।

दसैं, तिहार, नेपाल सम्बत्, छठ लगायतका चाडपर्वलाई हर्सोल्लास, ब्यबस्थित र मर्यादित रुपमा मनाउन अनुरोध गर्दै वडा कार्यालयले माधक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गर्ने, जुवातास खेल्ने, खेलाउने, लङ्गुरबुर्जा खेल्ने, खेलाउने, सार्वजनिक स्थानमा बिनाकारण भीड जम्मा गरी होहल्ला मच्चाउने, जवरजस्ती चन्दा माग्ने, चिठ्ठा कटाउने, अखाध्य बस्तुहरु बिक्रि गर्ने, अत्याधिक नाफा राखी बस्तुहरु, बिक्रि वितरण नगर्न चेतावनी दिएको छ ।

नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधन तथा व्यक्तिको सुरक्षा र उपभोक्ताको अधिकारलाई मध्यनजर गरेर चाडबाडका समयमा हुन सक्ने सम्भावित घटना एवं अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने वडाअध्यक्ष प्रकाश फुयालले हाम्रोसंचारलाई बताए । सूचनालाई उल्लंघन गरेर गैह्र कानुनी खेलहरू खेल्ने र शान्ति भड्काउन खोज्ने जो कोहीलाई कानुन बमोजिम कारबाही गरिने वडाअध्यक्ष फुयालको भनाइ छ ।


प्रतिकृया दिनुहोस्