Hamro Sanchar

‘चोलेन्द्रजस्तो मानिस कहिल्यै नजन्मिऊन्’

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ३१ गते


Advertisement

काठमाडौं, भदौ ३१- नेपाल बार एसोसिएयनका निर्वतमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकामा चोलेन्द्रजस्तो मानिस कहिले नजन्मिऊन भनी कामना गरेका छन् ।

संसद्को महाअभियोग सिफारिस समितिमा बिहीबारको बैठकमा उणले यस्तो कामना गरेका हुन् ।

सर्वाेच्च अदालतको निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले समितिमा बयान दिने क्रममा अधिवक्ता पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन श्रेष्ठले गरेको आग्रहलाई आफूले इन्कार गरेको र त्यसैको असन्तुष्टि पोख्न श्रेष्ठ आफूविरूद्ध लागेको आरोप लगाएका थिए ।

राणाले बयानका क्रममा किटेकाहरूलाई समितिमा बोलाउने क्रममा बिहीबार बारका निर्वतमान अध्यक्ष श्रेष्ठसँग सांसदहरूले छलफल गरेका थिए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।


प्रतिकृया दिनुहोस्