Hamro Sanchar

प्रेरणा दिँदै नगर प्रहरीलाई बालेनले भने- गलत काम गरेर आर्जन गरेको पैसाले कहिले सुख हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, २८ गते


Advertisement

काठमाडौं, भदौ २८- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगर प्रहरीहरूलाई इमानदारी पूर्वक काम गर्न प्रेरणा दिएका छन् । सोमबार भएको एक कार्यक्रममा उनले नगर प्रहरीहरूलाई विगतमा भएका गल्ती हरूलाई बिर्सिएर, गल्ती भएका कुराहरुलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न अनुरोध गरेका हुन् ।

उनले नेपाल प्रहरी र नगर प्रहरीमा फरक छुट्याइने भएकाले कुनै पनि सुरक्षा निकाएका प्रहरी कोही भन्दा कम नहुने बताए । उनले नगर प्रहरी थप्ने सम्बन्धमा नेपाल प्रहरीमार्फत् सिफारिस राख्ने सबन्धमा उनीहरू इच्छुक नभएको भन्दै सबै सुरक्षाकर्मी एक समान हुने बताएका हुन् ।

साथै उनले सबैसँग एक समान हुनलाई के-के गर्नुपर्छ ? के कुराको कमी छ ? खबर गर्न नगर प्रहरीलाई आग्रह गरेका छन् । उनले आफ्नो ५ वर्षको कार्यकालमा एकदमै अनुशासनमा बसेर, सेवाग्राही, व्यापारीहरूलाई अनुशासनमा ल्याउन समेत अनुरोध गरे ।

इमानदारी नै उत्तम नीति हो भन्ने सम्झिए जिन्दगीमा धेरै अगाडि बढिन्छ । ‘गलत काम गरेर आर्जन गरेको पैसाले मान्छेलाई कहिले पनि सुख हुँदैन । हामी हिन्दु धर्म, बौद्ध धर्म मान्ने मान्छेहरु हौँ ।’ उनले भने ।


प्रतिकृया दिनुहोस्