काठमाडौं, भदौ २२- बुधबार सुन–चाँदीको मूल्य घटेको छ । आइतबारदेखि तीन दिनसम्म लगातार बढेको सुनको मूल्य आज अर्थात् बुधबार प्रतितोला एक हजार रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।